तपाईँ सुन्दै हुनुहुन्छः

सोरु गाउँपालिकाका पुरूमुरू र जिमामा फैलिएको रोग भाइरल ईन्फुलुन्जा भएको पुष्टि 

मुगु । गमगढी जिल्लाको उत्तरी क्षेत्रमा पर्ने  सोरु गाउँपालिका—६ पुरुमुरु गाँउमा तिन जनाको ज्यान जाने गरी फैलिएको रोग भाइरल ईन्फुलुन्जा भएको  पुष्टि  गरिएको छ ।

सोरु गाउँपालिका—६ का पुरुमुरु र जिमा गाँउमा डेढसाता अघिबाट फैलिएको  मौसमी रुगा खोकीबाट तीन जनाको मृत्यु भएको थियो । १ सय ५० जना थला परेको थिए ।  थला परेका मध्ये १ सय ३५ जनामा  उक्त स्थानमा पुगेको डाक्टर सहितको टोलीले चेकजाँच गर्दा भाइरल ईन्फुलुन्जा लक्षण देखिएको  भए पनि रोग निदानको लागि  बिरामी परेका मध्ये ११  जनाको  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गर्दा भाइरल ईन्फुलुन्जा भएको पुष्टि भएको हो ।

जिल्ला अस्पताल मुगुका डाक्टर कमल ढुङ्गानाले दिएको जानकारी अनुसार उक्त क्षेत्रबाट १ सय ५० जना मध्ये १ सय ३५ जनामा भाइरल ईन्फुलुन्जाको लक्षण देखिएको थियो । त्यस्ता खाले बिरामीहरू मध्ये ११ जनाको स्वाभ सङ्कलन गरी परीक्षणका लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । पठाइएको स्वाभ मध्य १० जनाको परिक्षण गर्दा एक १ जनामा कोभिड १९ को भाईरस १ जना भाइरल ईन्फुलुन्जा एक जनामा भाइरल ईन्फुलुन्जा बि र अरू ७ जना बिरामीहरूमा  भाइरल ईन्फुलुन्जा भएको रिपोट जिल्ला अस्पतालमा प्राप्त भएको डाक्टर ढुङ्गानाले बताएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्राप्त रिपोट अनुसार उक्त  भाइरल ईन्फुलुन्जा भएको पुष्टि भएपनी थप अनुसन्धानका लागी त्यस क्षेत्रमा स्वास्थ्य तथा जन सङ्ख्या मन्त्रालय अन्तर्गत ईपिडिमोलोजी महाशाखा, विश्व स्वास्थ्य सङ्गठन सुर्खेत, र जिल्ला अस्पतालबाट गरी तिन जनाको डाक्टर सहितको टोली बुधबार सोरु गाउँपालिका—६ पुरुमुरु र जिमा गाउँ तर्फ हिँडेको र डाक्टरको टोली केही दिन उक्त स्थानमा बसेर थप अनुसन्धान गर्ने  प्रमुख जिल्ला अधिकारी  टोपेन्द्र बहादुर केसीले जानकारी दिएका छन् । 

सोरु गाउँपालिकाका उपाध्यक्ष केशर बहादुर शाहीले दिएको जानकारी अनुसार केही समय अगाडिबाट फैलिएको भाइरल ईन्फुलुन्जा नियन्त्रण गर्न गाउँपालिकाले  औषधी स्वास्थ्यकर्मी  परिचालन गरेको छ । बुधबार जिल्ला अस्पतालबाट डाक्टरसहित टोली गाँउमा पुग्ने बताइएको छ ।  उपाध्यक्ष शाहीका अनुसार दुवै गाँउमा अहिले बिरामीहरूको सङ्ख्या पहिलाको भन्दा घट्दै आउन थालेको छन् ।

सोरु गाउँपालिका -६ पुरुमुरु गाउँका ७२ वर्षीय हरिबहादुर शाही सोही गाउँकी ७५ बर्षिया कृती छत्याल र २४ बर्षिया की कुसुम ढोलीको मृत्यु भएको  थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button