धादिङ प्रशासनद्वारा मिटर ब्याजसम्बन्धी ९ वटा उजुरी फर्छ्यौट
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता भएका अनुचित लेनदेन (मिटर ब्याज)सम्बन्धी २४ वटा उजुरी मध्ये हालसम्म ९ वटा उजुरी फर्छ्यौट भएको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले प्रक्रियामा रहेका १५ वटा उजुरीहरूसँग सम्बन्धित कागजात आज जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रलाई हस्तान्तरण गर्नुभयो ।
गृह मन्त्रालयको निर्देशानुसार फर्छ्यौट हुन बाँकी उजुरीहरूको कारबाही तथा नयाँ उजुरीहरू दर्ता गरि कारबाही गर्ने कार्य अबदेखि जिल्ला प्रहरी कार्यालयहरू मार्फत हुने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्