तपाईँ सुन्दै हुनुहुन्छः

उद्योगको दर्ता, खारेजी र अनुगमन प्रक्रियालाई व्यवस्थित बनाउनुपर्नेमा सांसदहरूको जोड 

काठमाडौँ ।  सङ्घीयताको मर्म बमोजिम उद्योगको दर्ता, खारेजी र अनुगमन प्रक्रियालाई व्यवस्थित तुल्याउनुपर्नेमा सांसद्हरुले जोड दिनुभएको छ ।

प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज सिंहदरबारमा बसेको बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधन कर्ता सांसदहरुले आम सर्वसाधारणको सहजताका लागि उद्योगको दर्ता, अनुगमन र खारेजी प्रणालीलाई सरल बनाउनुपर्नेमा जोड दिनुभयो । 

सांसदहरुले सङ्घ, प्रदेश, स्थानीय तह, उपभोक्तालगायत सरोकारवाला पक्षको सहभागिता हुनेगरी अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

सांसदहरुले मानव स्वास्थ्यमा असर पर्ने उत्पादनको भ्रामक प्रचार गर्न रोक लगाउनुपर्ने, उत्पादित बस्तु तथा सेवामा स्पष्ट लेभलिङ गर्नुपर्ने, उद्योगको पुँजी र प्रकृति हेरी सजाय तोक्नुपर्ने लगायतका विषय विधेयकमा समेटिनुपर्ने धारणा राख्नुभयो ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योगको प्रकृति र लागतका आधारमा सङ्घ प्रदेश र स्थानीय तहमा उद्योग दर्ता र अनुगमनको कार्य भइरहेको जानकारी दिनुभयो । 

मन्त्री रिजालले उत्पादित बस्तु तथा सेवामा आम सर्वसाधारणले बुझ्ने भाषामा लेभलिङ गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button