जनमत पार्टीद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
जनकपुरधाम । मधेश प्रदेश सरकारबाट जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
हिजो सोमबार सप्तरीको राजविराजमा कृषि विश्व विद्यालयको शिलान्यास विषयमा वादविवाद भएर प्रहरीको कुटाइबाट घाइते भएका पार्टीको मधेश प्रदेश संसदीय दलका नेता समेत रहनुभएका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले जसपा नेतृत्वका सरकारलाई दिइएको फिर्ता लिइएको जानकारी दिनुभयो ।

यसैबीच मुख्यमन्त्री सरोज कुमार यादव समक्ष प्रदेश सरकारमा रहनुभएका जनमतका दुई मन्त्री तथा एक जना राज्यमन्त्रीले राजीनामा दिनुभएको छ ।
मधेश प्रदेश सरकारमा जनमतको तर्फबाट श्रम तथा यातायातमन्त्री पार्टी महासचिव चन्दन सिंह र राज्यमन्त्री संजय यादव रहेका छन् । मधेश प्रदेशमा चौथो ठूलो दलको रुपमा जनमत पार्टी रहेका छन् ।

मधेश प्रदेशमा जनमत पार्टीका १३ प्रदेश सभा सदस्य रहेका छन् । जनमत बाहिरिए पनि मधेश सरकारसँग बहुमत भएकाले सरकार गिर्ने सम्भावना कम रहेको छ ।
मधेश प्रदेशमा नेकपा एमालेका २३, नेपाली काँग्रेस २२ का तथा जनता समाजवादी पार्टीका १८ प्रदेश सभा सदस्य रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्