तपाईँ सुन्दै हुनुहुन्छः

हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले संसद्को हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आज बसेको मन्त्रीपरिषद् बैठकले यहीँ माघ २२ गते ४ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो ।

मन्त्री शर्माले कोटेश्वर इन्टरसेक्सन इन्प्रुभमेन्ट प्रोजेक्ट कार्यान्वयन लागि प्रस्तावित ३१ अर्ब २ करोड रुपैयाँ बरावरको सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button