शिक्षा समितिद्वारा मन्त्रालयका प्रतिनिधिसँग छलफल
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य मन्त्रालय अन्तर्गत भएका कार्य प्रगतिका बारेमा मन्त्रालयका प्रतिनिधिसँग छलफल गरेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले सरकारले निःशुल्क वितरण गर्ने औषधीहरू पनि सर्वसाधारणले नपाएको गुनासो गर्नुभयो ।
सांसदहरुले वीर अस्पतालबाट २ सय २१ जना करार कर्मचारी हटाएर पुन करारमा राखेको भन्दै स्वास्थ्य कर्मचारीको स्थायी दरबन्दी थप गर्न माग गर्नुभयो ।
दिनप्रतिदिन मृगौला रोगीहरू बढ्दै गएको सन्दर्भमा डायलाइसिस सेवा बढाउनुपर्ने, स्थानीय तहमा निर्माण गरिएका अस्पतालहरू तत्काल सञ्चालनमा ल्याउनुपर्ने भन्दै सांसदहरुले कोभिड महामारीका बेला ल्याइएका स्वास्थ्य सामाग्री कसरी प्रयोग भइरहेको छ भन्दै मन्त्रालयलाई प्रश्न गर्नुभयो ।
बैठकमा मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले सरकारले स्वास्थ्य पूर्वाधार निर्माणको कामलाई प्राथमिकता दिएको बताउनुभयो ।
सचिव पोखरलेले ३ सय ९६ वटा स्थानीय तहमा ५, १० र १५ बेडका अस्पताल निर्माण गर्न स्रोत सुनिश्चित भएको जानकारी गराउँदै हाल ३ सय १५ वटा त्यस्ता अस्पताल निर्माण भइरहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्