प्रधानमन्त्री प्रचण्ड भोली अर्घाखाँची आउनुहुने
अर्घाखाँची । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो माघ १ गते (भोली) अर्घाखाँची आउनुहुने भएको छ ।
नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीद्वारा आयोजित पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० को उद्घाटन गर्न प्रधानमन्त्री अर्घाखाँची आउन लाग्नुभएको नेपाल पत्रकार महासङ्घ अर्घाखाँची शाखा अध्यक्ष अशोक खनालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालले अर्घाखाँचीको सदरमुकामस्थित टुँडिखेलमा नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीद्वारा आयोजित पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० को उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री जिल्लामा आउने भएकाले शान्ति सुरक्षा चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जानकारी दिनुभयो । बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म सदरमुकाम सन्धिखर्कको कार्यक्रममा पार्टी कार्यकर्ता भेटघाट तथा जिल्ला स्थित जनप्रतिनिधि र कर्मचारी भेटघाटको कार्यक्रम रहेको बताइएको छ ।
जिल्लाका पर्यटकीय क्षेत्रको पहिचान गरि धेरै भन्दा धेरै पर्यटक जिल्लामा भित्राउने उद्देश्यबाट नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीले दुई महिने अभियान सुरु गर्न लागेको हो ।








प्रतिक्रिया राख्नुहोस्