तपाईँ सुन्दै हुनुहुन्छः

एपीएफ र पुलिस क्लब राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा

काठमाडौँ । नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब सुर्खेतमा जारी ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । 

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । एपीएफले गण्डकीलाई २५–२३, २५–२० र २५–१५ ले पराजित गरेको हो । यो जितसँगै एपीएफ विभागीय टोली पुलिससँग फाइनलमा भिड्ने भएको छ । 

यता दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनायो । पुलिसले आर्मीमाथि २५–२१, २५–२३ र २५–१९ को जित निकालेको हो । 

अब बिहीबार हुने फाइनल खेलमा एपीएफ र पुलिसले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै तेस्रो स्थानका लागि आर्मी क्लब र गण्डकीले खेल्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button