तपाईँ सुन्दै हुनुहुन्छः

तत्काल कानुन निर्माण गर्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । राज्यका तीन वटै तहका सरकारबीचको सम्बन्ध र समन्वयमा देखिएका समस्या समाधानका लागि तत्काल कानुन निर्माण गर्नुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।

राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वयसम्बन्धी गाउँपालिका र नगरपालिकामा देखिएका समस्या र चुनौतीका विषयमा छलफल गर्न बसेको बैठकमा सांसदहरुले संविधानतः आवश्यक कानुन नबन्दा तहगत समन्वय प्रभावकारी हुन नसकेको बताउनुभयो ।

सांसदहरुले संघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रका सम्बन्धमा स्पष्ट कानुनी प्रावधान नहुँदा स्थानीय तहहरुले स्वायत्त रुपमा कामकारबाही गर्न नसकिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button