‘देशको अस्तित्व कायम राख्न आम जनता एक हुनुपर्छ’
काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले देशको अस्तित्व कायम राख्नका लागि आम जनता एक हुनुपर्ने बताउनुभएको छ ।
काठमाडौँमा आज ‘बिपी वाद’ नामक पुस्तकको लोकार्पण गर्नुहुँदै प्रथम राष्ट्रपति यादवले देश निर्माणका लागि कसैले पनि अब पछि फर्किएर हेर्ने छुट र समय नरहेको बताउनुभयो ।
प्रथम राष्ट्रपति यादवले देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय भएको र दैनिक हजारौँ मानिसहरू विदेश गइरहेकोप्रति पनि चिन्ता व्यक्त गर्नुभयो ।
प्रथम राष्ट्रपति यादवले वर्तमान सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुहुँदै नेपाली काँग्रेससहितका पार्टीहरूले राम्रो काम गर्न नसकेको जिकिर पनि गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्