तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीको बरहथवामा कर्फ्यु आदेश

सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशंकर साह रहेका छन् । मृतक साह बङ्गलादेशमा एमबिबिएस पढ्दै गरेका विद्यार्थी हुन् ।

बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै भएको प्रदर्शनमा साहको मृत्यु भएपछि अवस्था सङ्कटपूर्ण हुने जनाउँदै जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवामा कर्फ्यु आदेश जारी गरेको छ ।

तनाव बढ्दै गएकोले आज बेलुका साँढे ५ बजेदेखि भोलि शनिवार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।

स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगरको निर्णय उल्टाउन खोजेको भन्दै स्थानीयले नगरपालिका कार्यालय घेराउ गर्दा झडप भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button