‘वि.पि. को सिद्धान्त र भावना अनुसार काँग्रेसलाई अघि बढाउनुपर्छ’
काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले नेपाली काँग्रेस पार्टीलाई वि.पि. कोइरालाको सिद्धान्त र भावना अनुसार अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल प्रजातन्त्र सेनानी सङ्घको बागमती प्रदेश स्तरीय भेलालाई आज काठमाडौँमा सम्बोधन गर्नुहुँदै नेता कोइरालाले काँग्रेस पार्टीलाई रूपान्तरण गरेर नयाँ सोच र शैलीअनुसार अगाडी बढाउनुपर्ने बताउनुभयो ।
पार्टीका सहमहामन्त्री डिना उपाध्याय, केन्द्रीय सदस्य मधु आचार्य, नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष बालकृष्ण दाहाल लगायतका वक्ताले काँग्रेस पार्टीलाई आमूल परिवर्तन गरेर लाग्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्