बस दुर्घटनामा उसु खेलाडी खड्काको मृत्यु
धनगढी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको चन्द्रौटाबाट करिब १५ किमी पश्चिमस्थित चोरमारा खोला नजिक भएको सवारी दुर्घटनामा उसु खेलाडी निता खड्काको मृत्यु भएको छ । उक्त दुर्घटनामा परि १२ जना घाइते भएका छन् ।
सुदूरपश्चिम प्रदेश उसु टोलीका सदस्यहरु सवार बस दुर्घटना हुँदा खेलाडी निता खड्काको मृत्यु भएको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंहले बताउनुभयो । दुर्घटनामा परी अन्य नौ जना खेलाडी र ३ जना अफिसियल घाइते भएको उहाँले जानकारी दिनुभयो । घाइते सबैको उपचार भइरहेको छ ।
मकवानपुरको हेटौँडामा आयोजित अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी सुदूरपश्चिमका उसु खेलाडी सवार बस गएराती पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको चन्द्रौटाबाट करिब १५ किमी पश्चिमस्थित चोरमारा खोला नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्