भन्सार छली ल्याएको ५५ क्विन्टल व्याज बरामद
नवलपरासी पश्चिम्।जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छलेर भित्राउँदै गरेको ५५ क्विन्टल अवैध प्याज बरामद गरेको छ ।
प्रतापपुर गाउँपालिका वडा नम्बर ५ स्थित धर्मौली र रेगैंयाको सीमा नाकाबाट भारतीय अनटेस्ट ट्याक्टरमा ल्याउँदै गरेको ९२ बोरा र पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५ भगतपुरबाट पैदल ल्याउँदै गरेको १८ बोरा अवैध प्याज बरामद गरिएको प्रहरी नायव उपरिक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।
बरामद प्याजको अन्दाजी बजार मूल्य ४ लाख १२ हजार रहेको छ । बरामद प्याज र ट्याक्टर महेसपुर भन्सार पठाइएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्