तपाईँ सुन्दै हुनुहुन्छः

हजुरमानलाई घरमै पुगेर नागरिकता 

भोजपुर । नागरिकता लिनबाट बञ्चित भोजपुरको उत्तर साल्पासिलिछो गाउँपालिकाका एक व्यक्तिलाई घरमै पुगेर शुक्रवार नागरिकता प्रदान गरिएको छ । 

जिल्लाको साल्पासिलिछो गाउँपालिका वडा नम्बर १, कुलुङका हजुरमान विश्वकर्मालाई इलाका प्रशासनले वडाको समन्वयमा नागरिकता वितरण गरेको हो । शारीरिक असक्तताको कारणले इलाका प्रशासन कार्यालय दिङलासम्म पुगेर नागरिकता लिन नसक्ने भएपछि इलाका प्रशासनका कार्यालय दिङलाका प्रमुख बिनोद अधिकारी सहितको टोलीले हजुरमानलाई ०९–०२–८०–०१०१७ नम्बर भएको नागरिकता प्रदान गरेको छ ।

२०१० साल फागुन २२ गते जन्म रहेका हजुरमानले ७० वर्षको उमेरमा घरमै पुगेर नागरिकता पाएपछि खुशी महशुस गर्नु भएको छ । नागरिकता लिनबाट बञ्चित पालिकाका नागरिकलाई सम्बन्धित वडाको समन्वयमा नागरिकता बनाउन सहयोग हुँदै आएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button