तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल विश्वविद्यालय विधेयकमाथि विज्ञहरुसँग छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा नेपाल विश्वविद्यालय विधेयक माथि विज्ञहरुसँग छलफल भएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा नेपाल विश्वविद्यालय पूर्वाधार तयारी समितिका अध्यक्ष डाक्टर  अर्जुन कार्कीले नेपालको प्राज्ञिक क्षेत्रमा अझै सामन्तवाद कायम रहेको बताउनुभयो । 

नेपालका  विश्वविद्यालयहरुले दिने शिक्षा रोजगारमूलक नभएसम्म सार्थक जीवन जिउन नसक्ने जनशक्ति उत्पादन नहुने बताउँदै अध्यक्ष कार्कीले मुलुकलाई चाहिने जनशक्ति उत्पादन गर्न शैक्षिक क्षेत्रमा ठूलो क्रान्ति आवश्यक रहेको बताउनुभयो । 

नेपाल विश्वविद्यालय पूर्वाधार तयारी समितिका सदस्य डाक्टर सूर्यराज आचार्यले अब स्थापना गरिने विश्वविद्यालयहरुले लागु गर्ने पाठ्यक्रम सिपमूलक र नयाँ प्रविधिसँग मेल खाने हुनुपर्ने सुझाव दिनुभयो । 

बैठकमा सांसदहरुले चालु विश्वविद्यालयहरूमा विद्यार्थी घट्न थालेको अवस्थामा नयाँ विश्वविद्यालय स्थापना गर्न थप अध्ययन र अनुसन्धान गरिनुपर्नेमा जोड दिनुभयो । 

बैठकमा समितिका सभापति भानुभक्त जोशीले विज्ञ र सरोकारवाला निकायसँग घनिभूत छलफल गरेर मात्रै विधेयक पारित गरिने जानकारी गराउनुभयो 

प्रतिक्रिया राख्नुहोस्

Back to top button