तपाईँ सुन्दै हुनुहुन्छः

रोजगारीका लागि भारत हिँडेका एक व्यक्ति चार दिनपछि मृत भेटिए

नेपालगन्ज । बाँकेमा सल्यानका एक जना व्यक्ति मृत भेटिएका छन् । रोजगारीका लागि भारत जान भनी हिँडेका बनगाड कुपिण्डे नगरपालिका(३ का ६२ वर्षीय तेजबहादुर कामी आज नेपालगन्जमा मृत भेटिनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चार दिन अघि रोजगारीको शिलशिलामा भारत जान भनी घरबाट साथीहरूसँग निस्किनुभएका कामी नेपालगन्ज(१ पुष्पलाल चोकस्थित प्रहरी गुल्मसँगै रहेको तलाउमा मृत अवस्थामा भेटिनुभएको थियो ।

गाउँबाट कामका लागि सँगसँगै भारत जान निस्केका अन्य साथीहरू भारत पुगिसक्दा समेत तेजबहादुर सम्पर्कमा नआएपछि परिवारले उहाँ हराएको निवेदन प्रहरीका दिएका थिए । कामीको शव पोष्टमार्टमका लागि भेरी अस्पताल लगिएको बाँके प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button