तपाईँ सुन्दै हुनुहुन्छः

नेत्रहीन महिला टी–२० श्रृखंला : भारतविरुद्ध नेपाल १० विकेटले विजयी

काठमाडौँ । घरेलु टोली भारतविरुद्धको नेत्रहीन महिला टी–२० श्रृखंलाको तेस्रो खेलमा नेपाल १० विकेटले विजयी भएको छ ।

मुम्बईमा बुधबार सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य नेपालले १९.१ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो ।

नेपालका लागि विनिता पुनले ७८ र मनकोशी चौधरीले ७५ रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७१ रनको योगफल तयार पारेको थियो । भारतका लागि सिमु दासले अविजित ८४ रनको योगदान गरिन् । यसैगरी सुनिता श्राथेले अविजित ३१ तथा सुस्मा पाटिल र रभानीले समान १४ रन बनाए ।

नेपालले चारै विकेट रन आउटका रूपमा प्राप्त गरेको थियो । नेपालको यो जितसँगै पाँच खेलको शृखंलामा २–१ को स्थितिमा आएको छ । यसअघि भारतले ८ र ४ रनको जित निकालेको थियो । श्रृखंलाको चौथो खेल बिहीबार हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button