बूढीगण्डकी परियोजना सफल बनाउनुपर्छ : अध्यक्ष ओली
गोरखा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई जसरी पनि सफल बनाउनुपर्ने बताउनुभएको छ ।
पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ संवृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत आज गोरखामा आयोजित भेलामा अध्यक्ष ओलीले बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्न नहुने बताउनुभयो ।
अध्यक्ष ओलीले आयोजना निर्माणका लागि आफूहरूले सरकारलाई घचघच्याइरहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले आयोजना निर्माण ढिला भयो भन्दैमा सरकारले अधिग्रहण गरेको जग्गा जनताले कब्जा गर्न नमिल्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्