तपाईँ सुन्दै हुनुहुन्छः

एलेक्सी र महिलातर्फ आसुकरालाई आइटीएफ–जे ३० को उपाधि

पोखरा । पोखरामा सम्पन्न भएको १८ वर्ष मुनिका खेलाडीहरू सहभागी आइटीएफ जे–३० को दोस्रो सर्किट अन्तर्गत पुरुष एकलतर्फ एलेक्सी सिबाएभ र महिला एकलतर्फ जापानकी उता आसाकुराले उपाधि जित्न सफल हुनुभएको छ ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालामा शनिबार भएको फाइनल खेलमा एलेक्सले नेपाली मूलका अमेरिकी खेलाडी आरब सम्राट हाडालाई ६–३, ६–२ ले पराजित गरी उपाधि जित्न सफल हुनुभयो । त्यसैगरी महिलातर्फ आसाकुराले भारतकी अर्जान खोराकीवालालाई ६–२, ६–३ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल हुनुभयो ।

एलेक्सी र आसुकरालाई आइटीएफको महत्वपूर्ण ३०–३० अङ्क प्राप्त गर्नुभयो । टेनिसको वर्ल्ड टुर प्रतियोगिता अन्तर्गत पोखरामा भएको उक्त प्रतियोगिताले उहाँहरूलाई आफ्नो र्याङको स्तर उन्नतिको लागि सो अङ्कले मद्दत पुग्ने टेनिस संघ कास्कीका अध्यक्ष लोकबहादुर गुरुङले बताउनुभयो ।

विजयी खेलाडीहरूलाई एक समारोहबिच प्रमुख अतिथि नेपाल पर्यटन बोर्ड गण्डकीका निमित्त कार्यालय प्रमुख नवीन पोखरेल, विशेष अतिथि पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदार, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, टुर्नामेण्ट डाइरेक्टर अजय विष्ट, आइटीएफ प्रतिनिधि प्रवीण कुमार नायक, अध्यक्ष गुरुङ, उपाध्यक्ष नवीन चालिसे, कोषाध्यक्ष अनुज कुमार बाँस्तोला, सदस्य विष्णुबहादुर थापा, नेपाल टेनिस संघका सदस्य जयजिव हाडा लगायतले मेडल प्रमाणपत्रले पुरस्कृत गर्नुभयो ।

प्रतियोगितामा ११ देशका ९० बढी खेलाडी सहभागी हुनुभएको सङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button