तपाईँ सुन्दै हुनुहुन्छः

विपिनका परिवारसँग प्रधानमन्त्रीको भेटघाट

धनगढी  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बाबुआमालाई भेट्नुभएको छ ।  

सुदूरपश्चिम महोत्सव २०८० को उद्घाटनका लागि  कैलालीको धनगढी पुग्नुभएका प्रधानमन्त्रीले धनगढी विमानस्थलमा विपिनका बाबुआमालाई भेट्नुभएको हो ।भेटमा विपिनका अभिभावकले विपिनको उद्धारको पहलबारे सोध्नुभएको थियो । उहाँहरुले विपिनको छिटो उद्धार गरिदिन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको बताउनुभयो ।

 धनगढी पुग्नु भएका प्रधानमन्त्री प्रचण्डले अहिले पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नु हुनेछ । प्रधानमन्त्री प्रचण्ड धनगढी पुग्नु भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी भरत बहादुर बोहराले कार्यक्रम स्थल लगायतका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button