तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री प्रचण्ड धनगढी आउनुहुँदै

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शुक्रवार दिउँसो कैलालीको धनगढी आउँदै हुनुहुन्छ । कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आउन लाग्नु भएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोल मैदानमा शुक्रवार मध्याह्न १२ः३० मा महोत्सव उद्घाटन गर्ने हिसाबले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आउन लाग्नुभएको आयोजकले जनाएको छ । यसअघि कैलाली निर्वाचन क्षेत्र ५ का कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा सहभागी हुनुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button