तपाईँ सुन्दै हुनुहुन्छः

उखुको न्यूनतम समर्थन मूल्य तोक्न नवलपरासीका किसानको माग

नवलपरासी,पश्चिम् । उखु काटेर क्रसिङको सिजन सुरु हुन लाग्दा पनि उखुको समर्थन मूल्य नतोकिएपछि पश्चिम नवलपरासीका उखु उत्पादक किसानले उखुको न्यूनतम समर्थन मूल्य तोक्न माग गरेका छन् ।

सरकारले केही रकम बाकी राखेर १२ करोड बढी अनुदान रकम जिल्लामा पठाएको छ।

उखु बिक्री गर्न सुरु गरिसकेकाले सरकारले यथाशीघ्र समर्थन मूल्य निर्धारण गर्नुपर्ने प्रतापपुर गाउँपालिका अध्यक्ष एवं उखु उत्पादक कृषक समिति लुम्बिनी प्रदेशका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो।”हरेक बर्ष ढिलाइ हुँदा किसान मर्कामा पर्ने गरेकाले सरकारले किसानको पीडा समयमै बुझ्नु पर्छ”अध्यक्ष यादवले भन्नू भयो ।

विगतका वर्षको तुलनामा यस वर्ष जिल्लामा उखुको उत्पादन घट्दै गएको छ ।कयौँ उखु उत्पादक किसान केराखेतितर्फ आकर्षित भएका हुन ।यस वर्ष नवलपरासीमा करिब १० देखि १२ लाख क्विन्टल मात्र उखु उत्पादन हुने अनुमान छ । पाँच वर्ष पहिले १२ हजार हेक्टरमा हुदैआएको उखु खेती अहिले ५ हजार हेक्टरमा सीमित भएको छ । जिल्लामा लुम्बिनी , वाग्मती र इन्दिर सुगर मिल छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button