तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी समायोजनको काम छिटो सक्न गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । सात प्रदेशका प्रदेश गृहमन्त्रीहरूले आज उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरी प्रहरी समायोजनको काम छिटो सक्न ध्यानाकर्षण गराउनुभएको छ ।

गृह मन्त्रालय सिंहदरबारमा भएको भेटमा संवैधानिक व्यवस्था अनुरुप प्रहरी समायोजनको काम छिटो टुङ्गोमा पुर्‍याउन ध्यानाकर्षण गराइएको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरी समायोजन नहुँदा प्रदेशको शान्ति सुरक्षा लगायत प्रदेशको एकल अधिकार सूचीमा सूचीकृत विषयहरू कार्यान्वयन हुन नसकेको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button