केपी ओली कप: नेपाल पुलिस क्लब सुदूरपश्चिमसँग ४ विकेटले पराजित

कास्की । सुदूरपश्चिम प्रदेशसँग पराजित भएसँगै नेपाल पुलिस क्लब पोखरामा जारी केपी ओली कप टि-२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा मङ्गलवार भएको पहिलो खेलमा पुलिस सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भयो । पुलिस पराजित हुँदा समूह सी बाट रनरेटका आधारमा मधेश प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।
मधेशले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो । पुलिसले पहिलो खेलमा मधेश प्रदेशलाई ५७ रनले पराजित गरेको थियो । बराबर अङ्क रहेका मधेशको रनरेट १.४७२, पुलिसको १.०८४ र सुदूरपश्चिमको ३.२२९ छ ।
यसअघि बागमती प्रदेश र सशस्त्र प्रहरी बल एपीएफ केपी ओली कप टि २० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।








प्रतिक्रिया राख्नुहोस्