विश्वशान्तिको कामना गर्दै एक करोड दिप प्रज्ज्वलन
नवलपरासी,पश्चिम् । पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ भुमहीमा शनिबार १ करोड दिप प्रज्वलन गरिएको छ । विश्वशान्तिको कामना गर्दै श्री हरि आध्यात्मिक प्रतिष्ठान समितिले चतुर्मास सत्सगं २०८० को अवसरमा अष्टदश पुराण कथा प्रवचन ज्ञान तथा एक करोड दिप प्रज्वलन गरेको हो ।
विश्व शान्तिको उद्देश्यले ३२ हात लम्बाई र ३२ हात चौडा क्षेत्रफलमा मण्डपमा चन्द्र , सूर्य , संटकोट , त्रिभुज र स्वस्तिक चिन्ह बनाएर अधिक १ करोड दिप बालिएको हो।

हरिशयनी एकादशीदेखि सुरु भएको चतुर्मास सत्सगं हरिबोधिनी एकादशीसम्म पाँच महिना सञ्चालित चतुर्मास सत्सगंमा नेपाली तथा भारतीय कथावाचकले १८ ओटा महापुराण प्रवचन सहित दैनिक भजन कीर्तन भएको दिप प्रज्वलन १ करोड सङ्कल्प गरिएको भएपनि १ करोड ७० लाख बढी बत्ती बालिएको श्री हरि आध्यात्मिक प्रतिष्ठानका अध्यक्ष एव संकल्प कर्ता कृष्ण पाण्डे बताउनु भयो।
लुम्बिनी प्रदेशमै एकै पटक एक करोड ७५ लाख बढी दिप प्रज्वलन गरेको पहिलो भएको दाबी गरिएको छ ।
आध्यात्मिक प्रतिष्ठानले परिकल्पना गरेको देशभर गर्ने १ सय आठ अनुष्ठान मध्यको तेस्रो कार्यक्रम चतुर्मास सत्संग कार्यक्रम अन्तर्गत भुमहीको दुर्गा मन्दिरमा सञ्चालन गरेको हो । पहिलो सुनवल नगरपालिका वडा नम्बर १२ नविनटोलमा गरेको र दोस्रो बाबा वर्दगोरियामा सम्पन्न गरेको प्रतिष्ठानले जनाएको छ।

त्यस्तै प्रतिष्ठान समितिले एक हजार ८ भजन सन्ध्या, अनलाइन गुरुकुलम सुरु र १ लाख ८ गीता वितरण गर्ने कार्यक्रमहरूलाई निरन्तर रुपमा अगाडि बढाएको जनाएको छ।दिप प्रज्वलनमा सयौँको सङ्ख्यामा भक्तालुहरू उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्