बाँकेमा देउसीभैलो खेल्ने समय निर्धारण, मदिरामा पनि समयसीमा

नेपालगन्ज । बाँकेमा देउसीभैलो खेल्ने समयसीमा निर्धारण गरिएको छ । देउसीभैलो राती १० बजेसम्म मात्रै खेल्न पाइने बाँके प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले सूचना जारी गरेर देउसीभैलो खेल्ने कार्यक्रम राती १० बजेसम्म मात्रै गर्न पाइने उल्लेख गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले मदिरा बिक्रीको समय पनि निर्धारण गरेको छ ।
प्रशासनले राती १० बजेसम्म मात्रै मदिरा विक्री गर्न पाइने सूचनामा उल्लेख गरेको छ । तिहारका बेला जाँड रक्सी सेवन गरेर रातभर देउसीभैलो खेल्दा शान्ति सुरक्षामा बाधा उत्पन्न हुन सक्ने भन्दै प्रशासनले कडाई गरेको हो । प्रशासनले प्लाष्टिकजन्य पुष्पगुच्छा, मालाको उत्पादन र बिक्री गर्न पनि रोक लगाएको छ ।







प्रतिक्रिया राख्नुहोस्