उदयपुरमा दुईलाख बढी अवैध गाँजाका बोट नष्ट
उदयपुर ।उदयपुर प्रहरीले जिल्लाका विभिन्न पालिकामा गरि करिब दुईलाख बोट अवैध गाँजा नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको नेतृत्व सम्हाल्न आइपुगेका प्रहरी उपरीक्षक रमेश थापाले जिल्लालाई गाँजा तथा लागुऔषध मुक्त जिल्लाको रुपमा स्थापित गर्ने उद्देश्य सहित विभिन्न पालिकामा लगाइएका अवैध गाँजा नष्ट गर्ने अभियान सुरु गर्नु भएको हो ।

गत असोज महिनाबाट सुरु भएको गाँजा खेती नष्ट अभियान अन्तर्गत जिल्लाको ताप्ली गाउँपालिकाको अन्दाजी १ सय ५ रोपनी जग्गामा लगाइएको करिब एक लाख १३ हजार बोट गाँजा नष्ट गरिएको छ । त्यस्तै जिल्लाको बेलका नगरपालिका वडा नं। ७ को मैनटार, बिलिम्ला, नाङकेश्वर, खामारे, कन्चिरा, वडा नम्बर ८ को डुम्रे लगायतका क्षेत्रको अन्दाजी ४० रोपनी जग्गामा लगाइएको करिब ९५ हजार बोट अवैध गाँजाका नष्ट गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनु भयो ।
प्रहरी उपरीक्षक थापाका अनुसार जिल्ला प्रहरी कार्यालयबाट अवैध गाँजाको बोट नष्ट गर्न जिल्ला प्रहरी कार्यालयबाट LRP प्रहरी टोली खटाइएको छ ।









प्रतिक्रिया राख्नुहोस्