यू–१९ क्रिकेट टिमले एसिया कपको पहिलो खेल पाकिस्तानसँग खेल्ने
काठमाडौँ । नेपालको यू–१९ क्रिकेट टिमले एसिया कपको पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ ।
एसियन क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल प्रतियोगिताको समूह एमा रहेको छ । नेपाल रहेको समूहमा पाकिस्तान सहित भारत र अफगानिस्तान छन् ।
नेपाल तुलनात्मक रुपमा बलियो समूहमा परेको हो । समूह बीमा बङ्गलादेश, श्रीलङ्का, यूएई र जापान छन् । युएईमा हुने एसिया कपमा डिसेम्बर ८ मा पाकिस्तानसँग नेपालले प्रतियोगिताको पहिलो खेल खेल्नेछ ।
यस्तै, डिसेम्बर १० मा अफगानिस्तान र डिसेम्बर १२ मा भारतसँग नेपालले समूह चरणका खेलहरू खेल्नेछ ।
प्रतियोगिताको फाइनल खेल डिसेम्बर १७ मा दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ । मलेसियामा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै प्रतियोगितामा छनोट भएको हो ।








प्रतिक्रिया राख्नुहोस्