तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा फूलको मूल्य निर्धारण : प्रति माला दुई सय

पोखरा । नेपालीहरूको अर्को चार्ड शुभ दीपावलीको अवसरमा पोखरामा स्थानीय फूलको प्रबद्र्धन गर्न फूलको मूल्य निर्धारण गरिएको छ । किसानहरुले स्थानीय रुपमा उत्पादन भएको फूलको मूल्य कम पर्ने भएको जनगुनासो आएकोले यस वर्ष पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पुष्प व्यवसायी संघ कास्की, श्री कम्प्लेक्स, कृषि सञ्जाल तथा सयपत्री फूल उत्पादक कृषकहरूको संयुक्त बैठकले फूलको मूल्य निर्धारण गरेको महाशाखा प्रमुख मनोहर कडरियाले बताउनु भयो । सामान्यतया पोखरामा प्रति थुङ्गा सयपत्री फूलको ५ रुपैयाँ वा माला खरिद गरेको खडमा दुई सय रुपैयाँ पर्ने भएको उहाँले जनाउनु भयो ।

१५ देखि २० ग्राम तौल भएको सयपत्री फूलको प्रति थुङ्गा ५ वा प्रति माला दुई सय, १० देखि १५ ग्राम तौल भएको प्रति थुङ्गा ४ र जसको माला १ सय ८० र १५ देखि १० ग्रामको सयपत्री फूलको प्रति थुङ्गालाई दुई सयको मालालाई १ सय ५० मा बिक्री गर्न माहानगरले किसानहरुलाई सूचना जारी गरेको हो । यदि कसैले सयपत्री फूल प्रति केजीमा खरिद गर्न चाहेमा ४ सयमा बिक्री गर्न सकिने भएको महाशाखा प्रमुख कडरियाले बताउनु भयो ।

पोखरा महानगरपालिका भित्र सयपत्री फुल आयातमा प्रतिबन्ध लगाइएकाले सो कार्य नगर्न/नगराउन सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध गरिएको छ भने बजारमा प्लास्टिकका फूलमालाहरु बिक्री वितरणमा पनि प्रतिबन्ध लगाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button