प्रभावित क्षेत्रमा एमाले बाँके र बर्दियाको राहत

बाँके । जाजरकोट र रुकुम (पश्चिम)का भूकम्प पीडितलाई एमाले बाँके र बर्दियाले राहत सहयोग गरेको छ । एमालेले उक्त क्षेत्रका पीडितलाई चामल, कपडा, ब्ल्यांकेट, कम्बल, च्युरा, चाउचाउ, ज्याकेट नगदसहित साढे १२ लाख बराबरको राहत हस्तान्तरण गरेको हो ।
बाँकेबाट करिब ८ लाख र बर्दियाबाट करिब ४ लाख ५० हजार रुपैयाँको राहत वितरण गरिएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो। राहात बितरणमा एमाले केन्द्रीय सचिव एवम् पूर्वमन्त्री पद्मा कुमारी अर्याल लगायत नेताहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्