तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोट भूकम्प : मृत्यु हुनेकाे सङ्ख्या १३६ पुग्यो

काठमाडौं I शुक्रवार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १३६ पुगेको छ ।  नेपाली प्रहरीले बिहान १२:४५ बजेसम्मको अवस्थालाई जानकारी अनुसार १३६ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन् । 

जसमा जाजरकोटमा भूकम्पबाट ९८  जनाको निधन भएको छ भने ८१ जना घाइते भएका छन् । यसै गरी,  रुकुम पश्चिममा ३८ जनाको निधन भएको छ र  ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button