उपचारका लागि नेपालगन्ज ल्याइएका भूकम्पका एक घाइतेको मृत्यु
नेपालगन्ज। नेपालगन्जमा उपचारका लागि ल्याइएका एक जना भूकम्पबाट घाइते भएकाको मृत्यु भएको छ ।
नलगाड-१ पाली जाजरकोटका ३३ वर्षीय टेकबहादुर पुनको हेलिकप्टरबाट ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको भेरी अस्पतालका लागि विपत् फोकल पर्सन तोकिएका नरेश श्रेष्ठले बताउनुभयो ।
भेरी अस्पताल पुर्याइएका पुनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । अहिले भेरी अस्पतालमा २६ जनाको उपचार भइरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्