चर्च व्वाइज यूनाइटेड मुख्यमन्त्री कोहलपुर गोल्डकपको फाइनलमा
नेपालगञ्ज । चर्च व्वाइज यूनाइटेड क्लब मुख्यमन्त्री कोहलपुर गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज तेस्रो दिन भएको पहिलो सेमिफाइनल खेलमा गोर्खा व्वाइज स्पोर्ट्स क्लबलाई ३-० गोल अन्तरले हराउँदै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो ।

कार्तिक २२ गतेसम्म चल्ने प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसीसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्ट्स क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैयाँ र दोस्रो हुनेलाई ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ साहारा क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्रीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्