मुख्यमन्त्री कोहलपुर गोल्डकपको दोस्रो खेलमा गोर्खा ब्वाइज विजयी
बाँके । बाँकेको कोहलपुरमा हिजोदेखि शुरु भएको मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता अन्तरगत आज भएको खेलमा गोर्खा ब्वाइज स्पोर्ट क्लब, बुटवल विजयी भएको छ ।

सुदूरपश्चिम ११ स्पोर्ट क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै गोर्खा ब्वाइज विजयी भएको हो। खेलको ४५ औँ मिनेटमा ब्वाइजका शक्ति राइले गरेको गोल नै निर्णायक भयो।
प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा ब्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता छ ।

भोलिको खेल चर्च ब्वाइज यूनाइटेड, काठमाडौँ र गोर्खा ब्वाइज स्पोर्टस क्लबबिच दिउँसो ३ः०० बजे हुने कोहलपुर रेसिङ्ग सहारा क्लबका सचिव नवकिरण शाहले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई आठ लाख र दोस्रो हुनेलाई चार लाख रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ।








प्रतिक्रिया राख्नुहोस्