तपाईँ सुन्दै हुनुहुन्छः

आज नेपालले ओमानसँग खेल्दै, समूह विजेता बन्ने होड

काठमाडौं।आईसीसी टी-२० विश्वकप छनोटमा नेपालले आज ओमानसँग खेल्दै छ। खेल बिहान ९ बजे टीयू क्रिकेट मैदानमा सुरु हुनेछ ।

समूह ‘ए’मा रहेका दुवै टीम सेमिफाइनल प्रवेश गरिसकेका छन् । यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । समूहका अघिल्ला खेलमा दुबै टोलीले सिंगापुर र मलेसियालाई पराजित गरेका थिए ।

टी-२० आईमा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ ।

आजै हुने समूह ‘ए’को अन्तिम खेलमा समूह मलेसिया र सिंगापुर प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताबाट बाहिरिसकेका दुवैका लागि सुखद अन्त्य गर्ने मौका हो । आज नै यूएई र हङ्गकङ तथा बहराइन र कुवेत पनि आमनेसामने हुनेछन् । यो खेलपछि मात्र समूह ‘बी’बाट अन्तिम चारमा पुग्ने टिमको टुंगो लाग्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button