प्रहरीकाे नियन्त्रणमा रहेकाे अभियुक्त फरार
दाङ। जिल्ला प्रहरी कार्यालय दाङको नियन्त्रणमा रहेका अभियुक्त फरार भएका छन् ।
घोराही उपमहानगरपालिका विवेक नेपालीलाई तीन दिन अगाडि मोबाइल चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो ।
नेपालीलाई स्वास्थ्य परिक्षण गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको समयमा शौचालय जान्छु भनेर फरार भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले जानकारी दिनुभयो ।
फरार नेपालीको खोजी कार्य भइरहेको डिएसपी मल्लले बताउनुभयो ।मल्लका अनुसार नेपालीले शौच गर्न जान्छु भने पछि प्रहरीले हत्कडि खोल्दिए पछि उनी फरार भएका हुन् ।
नेपालीको खोजीका लागि दाङ जिल्लामा व्यापक परिचालन गरिएको डिएसपी मल्लले जानकारी दिनुभयाे।








प्रतिक्रिया राख्नुहोस्