सातौ पैदल निशानयात्रा आज विहान विराटनगरवाट शुरु

विराटनगर । विगतका वर्षहरु झै यसवर्ष पनि आज महानवमीका दिन पैदल निशान ध्वजा यात्रा निकालिएको छ । विगत छ वर्षदेखि विजयादशमीको महानवमीका दिन निशान यात्रा आयोजना हँुदै आएको छ ।
विराटनगरस्थित कालीमन्दिरवाट आज विहान निशान यात्रा प्र्रारम्भ भएको हो । यो यात्रामा विराटनगरदेखि भक्तजनहरु पैदल हिडेर २४ किलोमिटर पूर्वमा रहेको रंगेलीस्थित ऐतिहासिक कालिमन्दिर पुग्ने गर्दछन् ।
कालीमन्दिरमा पुगेर माताको पुजाआजा गर्दै भक्तजनहरुले निशान ध्वजा चढाउने गदर्छन् । पैदल हिडेर शरीरलाई कष्ट दिदै ध्वजा चढाउँदा मनोकामना पूरा हुने विश्वास रहीआएकाले यो यात्रामा भक्तजनहरुको उल्लेखनीय सहभागिता हुर्दै आएको छ ।
विहान निकालिएको निशान यात्रामा ५ हजार वढी निशानयात्रीको सहभागिता रहेको छ । यात्रीहरुको सहयोगका लागि विराटनगरदेखि रंगेलीसम्म विभिन्न ठाँउमा निशान यात्रीको विश्रामको व्यवस्था मिलाइएको छ ।
निशान यात्राले विराटनगरको काली मन्दिर तथा रंगेलीको प्राचीन काली मन्दिर तथा सानसारी माताको मन्दिरलाई जोडने काम गरेकाले पनि निशान यात्राको ठुलो धार्मिक महत्व रहदै आएको छ ।
रंगेलीस्थित सानसारी मन्दिर पुगेपछि ठुलो संख्यामा भक्तजन सहभागी भई रंगेली नगरपालिकाको अगवाईमा निशानयात्रीको टोली अपरान्ह तीन बजे कालीमन्दिर पुग्ने जनाइएको छ ।
यात्रमा नेपालका मात्र नभएर भारतीय सिमावर्ती क्षेत्रका साथै मोरङ, सुनसरी, झापा लगायत विभिन्न जिल्लाका भक्तजनको निशान यात्रामा सहभागीता रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्