तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु 

बाजुरा । बाजुराको सदरमुकाम जोड्ने साँफे मार्तडी राजमार्ग अन्तर्गत बडिमालिका नगरपालिका६ मा पर्ने जडाङ्गा नजिकै शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बडीमालिका नगरपालिका–६ कोर्धका तुले दानिका ३५ वर्षीय छोरा बहादुर दानी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

एमके कन्ट्रक्सनको कम्पनीमा कार्यरत कर्मचारी दानीले आफै चलाएको सु प्र प्र ०१ ००२ त ६८२६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेर दानीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिं बोहराले जानकारी दिनुभयो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button