यसवर्ष विपद्का घटनामा परी ९२ जनाको ज्यान गयो

काठमाडौँ । यसवर्ष मनसुन अवधिमा विपद्का घटनामा परी ९२ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणद्वारा आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मनसुन अवधिमा पहिरो, भारी वर्षा, बाढी र चट्याङका कूल ८ सय ९२ घटनामा ९२ जनाको मृत्यु भएको, १ सय ६८ जना घाइते र ३० जना बेपत्ता भएको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिनुभयो ।
मनसुन अवधिमा २ सय ४३ निजी घरमा पूर्ण क्षति र ७ सय २० वटा घरमा आंशिक क्षति हुँदा ६ हजार १ सय ३० परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।
यस्तै १५ वटा पक्की पुल क्षतिग्रस्त हुँदा १ अर्ब २० करोड रुपैयाँ बराबरको क्षति भएको छ भने २७ वटा झोलुङ्गे पुलमा १२ करोड रुपैयाँ र सडक,करिडोर तथा राजमार्गमा २८ करोड रुपैयाँ बराबरको अनुमानित क्षति भएको प्राधिकरणका प्रवक्ता खड्काले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्