धनकुटामा नाकाबन्दीको खुल्यो
धनकुटा । कोशी प्रदेशको पुन नामाङ्कन सङ्घर्ष समितिले मङ्गलवारदेखि गरेको धनकुटा छिर्ने नाका बन्दका मङ्गलवार दिउँसोबाट खुलेको छ ।
स्थानीय प्रशासन र बन्दकर्ताबीच भएको छलफलमा पक्राउ परेकाहरूलाई विनाशर्त छाड्ने सहमति भएको र केही समय लाग्ने भएको प्रशासनले बताएपछि दशैँ मनाउन हिँडेका यात्रीलाई मध्यनजर गर्दै बन्द खोलिएको सङ्घर्ष समितिका धनकुटा संयोजक सञ्जयसन्तोषी राई जानकारी दिनुभयो ।
सङ्घर्ष समितिले गरेको बन्दका कारण मङ्गलवार बिहानैदेखि दशैं मनाउन हिँडेका यात्रु धनकुटाको भेडेटार र फोक्लेन टापुमा सवारीसाधन तथा यात्रुहरू अलपत्र परेका थिए। बन्द खुलेसँगै यात्रु तथा सवारीसाधन गन्तव्यतिर गएका छन्। यही असोज २५ गते धनकुटाको चौबिसेबाट पक्राउ परेका पहिचानवादी नेताहरूको विनाशर्त रिहाइ नगरेका कारण मा धनकुटा छिर्ने नाका बन्द गरिएको राईले बताउनु भयो ।
गत भदौ ८ गते धनकुटाको राजारानीमा भएको युवा सङ्घको कार्यक्रममा पहिचानवादीहरूले हस्तक्षेप गरि तोडफोड गरेका थिए। सोही क्रममा धनकुटा प्रशासनले यही असोज २५ गते चौबिसे गाउँपालिका वडा नंं ६ का मनकुमार याम्फू, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बूलाई पक्राउ गरेको थियो।
यता धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले आन्दोलनकारी आफूहरू बिचमा कुनै वार्ता नभएको र सरोकारवालासँग छलफल गरिएको बताउनु भयो । उहाँले पक्राउ पर्नेहरूलाई छाड्ने विषयमा प्रक्रियामा रहेको र हिजोअस्ति नै छोडिने भनिएपनि प्रक्रिया पूरा नभएकाले ढिलाई भएको जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्