“जनतासँग अध्यक्ष कार्यक्रम” प्रभावकारी बन्दै

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा जनतासँग अध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले स्थानीय तहको निर्वाचनमा जनतासँग गरेको वाचालाई पूरा गर्नका लागि जनताको घर–घरमा पुग्न थालेपछि गुनासो सुन्ने कार्यक्रम जनतासँग अध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।
पालिकाले विकास निर्माण लगायत स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा गरेका कामको समीक्षा गर्न र आगामी दिनमा सुधार गर्दै पारदर्शी ढङ्गबाट कामलाई तीव्रता दिएकोले जनताको गुनासोलाई व्यवस्थापन गर्नका लागि कार्यक्रम गर्दै आएको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले बताउनुभयो ।

स्थानीय सरकारको अनुभूति गराउने गरी पालिका जनप्रतिनिधिहरूले प्रत्यक्ष जनतासँग भेटेर गुनासो सुन्ने र आएको सल्लाह र सुझावलाई कार्यान्वयन गर्ने गरेको पालिकाका अध्यक्ष अजादको भनाई छ ।
नेपाली कांग्रेसको तर्फबाट टिकट पाएर स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर कार्यकाल सम्हालेको डेढ वर्ष बितिसकेको अजादले सुनाउनुहुँदै जनताको घरदैलोमा पुग्ने प्रतिबद्धता अनुसार अहिले जनतासँग अध्यक्ष कार्यक्रम लिएर पुग्ने गरेको उहाँले बताउनुभयो ।
भोक्राहा नरसिंह गाउँपालिकाका जनताले निर्धक्क भएर गुनासो सहितको सल्लाह सुझाव राख्ने गरेको हुँदा पालिकाबाट छिटो छरितो र सहज ढङ्गबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउन थालेपछि पालिकावासी अहिले खुशी भएका छन् ।







प्रतिक्रिया राख्नुहोस्