तपाईँ सुन्दै हुनुहुन्छः

‘खाद्य सामाग्री उपभोग गर्दा उपभोक्ता बढी सचेत हुनुपर्छ’

काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालले वस्तु तथा खाद्य सामग्री उपभोग गर्दा उपभोक्ता बढी सचेत हुनुपर्ने बताउनुभएको छ ।

file photo

तराई विकास तथा सञ्चार केन्द्रले आज काठमाडौँमा आयोजना गरेको ‘चाडपर्वमा बजार अनुगमन र नागरिकको दायित्व’ विषयक कार्यक्रममा मुख्य सचिव अर्यालले वस्तुको उपभोग समयावधि, मूल्य, मिसावट जस्ता विषयमा उपभोक्ता सचेत भई व्यापारी, व्यवसायी र नियामक निकायलाई आ–आफ्नो भूमिका निर्वाह गर्न समेत सचेत र सहज गराउन सक्ने बताउनुभयो ।

मुख्य सचिव अर्यालले वस्तु उत्पादनको वितरण प्रणाली व्यवस्थित गर्दै बजार अनुगमन गर्दा सबै संयन्त्रबिच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले चाडपर्व नजिकिएसँगै हाल १३ सय बढी वस्तुका सुची तयार गरी अनुगमन कार्य भइरहेको जानकारी दिनुभयो ।

महानिर्देशक चिलुवालले बजार अनुगमनका क्रममा बजार प्रतिस्पर्धी नभएको र खाद्य वस्तु तथा सामग्री स्वच्छ नरहेको पाइएको बताउनुभयो ।

यस्तै कार्यक्रममा उपभोक्ता हित संरक्षणसँग सम्बन्धित संघ-सस्थाका प्रतिनिधिहरूले बजार अनुगमनका नाममा धेरै तहगत निकायहरूले दोहोरो अनुगमन र जरिवाना गर्ने गर्दा व्यवसायीहरू समस्यामा पर्ने भन्दै एकद्वार प्रणालीमा अनुगमन हुनुपर्ने माग राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button