तपाईँ सुन्दै हुनुहुन्छः

प्राकृतिक स्रोतको उचित प्रयोग नै राज्यको सम्पत्ति हो: मन्त्री थापा

पोखरा।गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले प्राकृतिक स्रोतको उचित प्रयोग नै राज्यको दिर्गकालिन सम्पत्ति बताएका छन् ।

कास्कीको रुपाताल पुनर्स्थापना तथा मत्स्यपालन सहकारी सस्थाको २२ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री थापाले हामीकोमा भएका प्राकृतिक स्रोत र सधानको उचित रुपमा संरक्षण गर्दै आय आर्जनमा जोडिन सक्ने हो भने व्यापक आम्दानी गर्न सकिने भएकाले यहाँ रहेका ताल तलैया,बन जंङगल र हिमालहरूको संरक्षण गर्नु नै आजको आवश्यकता हो र सम्पत्ति पनि हो ।

यहाँका स्थानियवासीहरुले प्राकृतिक सम्पदाको संरक्षण गर्दै माछाबाट दिगो उत्पादन गर्दै आएकाले यो काम राज्यले गर्न सक्दैन तर यो संस्थाले माछा पालनका क्षेत्रमा देखाएको योगदानलाई मुक्तकण्ठले स्वागत गर्दै समयानुकूल नयाँ नयाँ योजनाका साथ अगाडी बढ्न पनि आग्रह गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले रुपातालको विकासका लागि सञ्चालनमा रहेको परियोजनालाई सफल पारी यो क्षेत्रमा पर्यटकीय गतिविधि पनि बढाउने खालका योजना ल्याउन सकिने धारणा राखेका थिए भने रुपा गाउँ पालिकाका अध्यक्ष नवराज ओझाले रुपातालको एकिकृत विकासका लागि गाउँपालिका सहकार्य गरेर अगाडी बढ्न तयार रहको बिचार राखेका थिए ।

सोही अवसरमा एकिकृत रुपाताल संरक्षण तथा विकास परियोजना कार्यालयका प्रमुख कालि बहादुर शाहीले परियोजना सम्पन्न भएपछि रूपकै मुहार फेरिने भएकाले यसलाई निधारीत समयमा सम्पन्न गर्नका लागि स्थानीय स्तरबाट सहयोग र सहकार्य अनिवार्य भएको सुझाव राखेका थिए भने बेगनासताल मत्स्य अनुसन्धान केन्द्रका प्रमुख डा.इकवाल हुसेनले रुपातालको वातावरणीय अनुकूलताका कारण पनि यो तालमा माछाका लागि उपयुक्त वातावरण रहेको धारणा राखेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button