तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा बस दुर्घटना, २ जनाको मृत्यु

सल्यान । सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको  छ । 

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ की सुमित्रा सुनार र सल्यान त्रिवेणि गाउँपालिका ६ की अनिता बोहरा रहेको जिल्ला प्रहरी  कार्यालय  सल्यानले जनाएको छ । 

दाङको तुलसीपुरबाट सल्यानको जयचौर आउँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस दुर्घटना भएको हो । कपुरकोट गाउँपालिका ३ मुलपानी नजिकै भएको दुर्घटनामा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button