तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री श्रेष्ठ र मधेश प्रदेशका सुरक्षा निकाय प्रमुखहरुबीच छलफल

बर्दिबास । महोत्तरीको बर्दिबासमा मधेश प्रदेशको सुरक्षा चुनौतीबारे प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । अन्तर्क्रियामा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित मधेश प्रदेशका आठैवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रमुखहरू सहभागी रहेका छन् ।

प्रमुख जिल्ला अधिकारीहरुले र सुरक्षा निकायका प्रमुखहरूले आ(आफ्नो जिल्लाको अवस्थाबारे जानकारी गराउने कार्य रहेको छ । समसामयिक सुरक्षा सम्बन्धि जानकारी जानकारी प्राप्त भएपछि कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले आवश्यक सुझाव र निर्देशन दिनुहुने कार्यक्रम रहेको छ । 

प्रमुख जिल्ला अधिकारीहरूले प्रदेशका कतिपय स्थानमा पछिल्लो समय  धार्मिक सद्भाव बिथोल्ने तत्त्वहरू सक्रिय रहेको, मिटरब्याज नियन्त्रण कानुन र सिमामा हुने तस्करी लगायतका विषयमा  सुरक्षा चुनौती खडा गरेको, सामाजिक सञ्जालमा आउने कतिपय सामग्रीले उत्तेजना बढाउन खोजेको लगायतका समस्याबारे जानकारी गराएका छन् । 

अन्तर्क्रियामा गृह मन्त्रालयका सचिव, प्रवक्ता, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजि, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका अधिकारी लगायत सहभागी छन् । मधेश प्रदेशको सुरक्षा चुनौतीबारे  अन्तर्क्रिया कार्यक्रममा सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारी सँगको छलफल पछि स्थानीय राजनीतिक दलहरू सँग समेत छलफल गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button