राप्तिसोनारी र नरैनापुरको विद्युत् बिस्तारले छिट्टै पूर्णता पाउछ: ऊर्जा मन्त्री बस्नेत

बाँके । बाँके जिल्लाको नरैनापुर गाउँपालिका र राप्तिसोनारी गाउँपालिकामस विद्युतको पोल र ट्रान्सफर्मरको समस्या एक महिना भित्रै समाधान गर्ने ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेतले प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
मङ्गलबार अबेर गाउँपालिकाले छुट्टाछुट्टै आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सिक्टा सिँचाईको मूल नहर र शाखा नहरहरूको द्रुत गतिमा काम सुचारु गर्ने प्रतिबद्धता जनाउँदै नरैनापुरमा ऊर्जा जल स्रोत तथा सिँचाईको सबै प्रकारको समस्या समाधान गर्न तर्फ भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
माओवादी केन्द्रको तिन महिने अभियानकोक्रममा नरैनापुरमा प्रशिक्षण दिन पुग्नु भएका मन्त्री बस्नेतले विद्युत् नपुगेका ठाउँमा सेवा विस्तार, प्रसारण र वितरण प्रणालीका पूर्वाधारलाई सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता विस्तार गरिने बताउनु भएको थियो ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले मन्त्री बस्नेतलाई स्वागत गर्दै नरैनापुरको विकासका लागि १२ सय वटा विद्युतका पोल,१८ वटा ट्रान्सफर्मर,१८ वटा डिप बोरिङ,केरुनिया खोला र सौरी नालामा तटबन्ध निर्माण,सिक्टा सिँचाईको मूल नहर र शाखा नहरहरूको द्रुत गतिमा कार्य सुचारु गर्न, राप्ती नदिमा तटबन्ध निमार्ण, र नरैनापुरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न मन्त्री बस्नेतलाई माग पत्र हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुल बहादुर केसी, लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना,संविधान सभा सदस्य अशोक रोकाय, नरैनापुर १ का अध्यक्ष इसाक जोलाह, वडा नं. २ का अध्यक्ष मसूद शाह, ४ लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्