खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, २ जना घाइते
दाङ । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
शनिबार दिउँसो साँढे २ जिल्लाको तुलसीपुर ११ बेलटाकुरास्थित भगवती टोल बस्ने अन्दाजी ३८।३९ वर्षीय टेक बहादुर हमालले खुकुरी प्रहार गर्दा एक महिलाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ११ निवासी अन्दाजी ४२र ४३ वर्षीय रिता लामिछाने रहनुभएको छ । लामिछाने आफ्नै घर अगाडि उभिरहेको अवस्थामा घाटीमा एक्कासी खुकुरी प्रहार गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । त्यस्तै सोही ठाउँ बस्ने ४५ वर्षीय वीरबहादुर हमाल र अन्दाजी ६५ वर्षीय कमला कुमारी हमाल गम्भीर घाइते भएका छन् ।
खुकुरी प्रहार गर्ने टेक बहादुर हमाललाई निजकै घरबाट खुकुरीसहित प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्