तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ। कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसंगको वार्तालाई सकेसम्म आजै टुङगोमा पुर्‍याउन सरकारी वार्ताटोली लाई आवश्यक सुझाव तथा निर्देशन दिनुभएको छ ।

रक्षा मन्त्रालयमा आज बिहान सरकारी वार्ता टोली संयोजक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन मन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा , मुख्यसचिव बैकुण्ठ अर्याल र विभागीय सचिवहरूसँग कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले छलफल गर्नु भएको हो ।

शिक्षकका जायज मागहरू संवोधन हुनेगरि वार्तालाई सकेसम्म आजै निष्कर्षमा पु¥याउने गरि काम गर्ने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button