तपाईँ सुन्दै हुनुहुन्छः

सिरहामा लागुऔषध सहित एक जना पक्राउ 

लहान । ठुलो मात्रामा अवैध लागुऔषध सहित सिरहामा एक जना  पक्राउ परेको छ ।  गएराति लहान नगरपालिका–२ का २० वर्षीय सदानन्द महतोलाई प्रहरीले पक्राउ गरेको हो । 

उनको साथबाट डाईजापाम– १५३ एम्पुल, ब्युप्रोनोरफिम– १५४ एम्पुल, फेनारगन –१९० एम्पुल गरी ४९७ एम्पुल लागुऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

लहान नगरपालिका वडा नं. ८ मा चेकजाँचको क्रममा उनलाई कालो रङको झोलाभित्र प्लाष्टिकको पोका बनाई लुकाइ छिपाई राखेको अवस्थामा प्रहरीले लागुऔषध फेला पारेको थियो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button